यस्तो बन्दैछ नयाँ वृन्दावन गौशाला (फोटोफिचरसहित)

Newslaya Home

यस्तो बन्दैछ नयाँ वृन्दावन गौशाला (फोटोफिचरसहित)

मङ्गलबार २४, बैशाख २०७६

इटहरी । मोरंगको सुन्दरहरैंचास्थित बुढी खोला किनारमा एउटा तीर्थस्थल बनिरहेको छ, नयाँ वृन्दावन गौशाला ।

पूर्वकै ठूलो राधाकृष्ण मन्दिरसहित सो ठाउँमा वृद्धाश्रम, गौशाला, शिव मन्दिर, वाटर फाउन्टेन, बगैंचा आदि निर्माण गरिएको छ । यस्तै विभिन्न गोत्रका ऋषिमुनीहरुको प्रतिमाहरुसमेत स्थापना भइरहेका छन् ।

इटहरी र सुन्दरहरैंचा बिचमा पर्ने बुढी खोला किनारमा पर्ने यो स्थानमा विभिन्न धार्मिक कार्यक्रमहरु हुने गरेका छन् । इटहरीतर्फबाट गौशाला पुग्न बलिया चोक हुँदै उत्तर लाग्नुपर्छ । त्यसो त इटहरी ४ को भेटघाट चोकबाट पुल बनाएर सिधा पहुँचको लागि पनि पहल भइरहेको छ । त्यसो हुन सकेमा सो ठाउँमा पर्यटकको चहलपहल बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो समयमा गुरुकुल पद्धतीबाट पठन पाठनसमेत सुरु गर्ने तयारीमा रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीजी महाराज बताउँछन् । केही क्षण प्रकृतीसँग रमाएर भएर बस्न सकिने गौशालाका सुन्दर तस्वीरहरु हेरौं न त ।