गायक कृष्ण काफ्लेको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

गायक कृष्ण काफ्लेको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

बुधबार १६, माघ २०७५

काठमाडौं । गायक कृष्ण काफ्लेको आवाज रहेको गीत ‘आमा’को भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक गीतको भिडियोमा बिदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई देखाउन खोजिएको छ । गीतलाई मनिष बशिष्ठले रचना गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले कम्पोज गरेका हुन् । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । 

निकेश खड्का निर्देशित गीतको भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी देखिएका छन् । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।