​सुनको मूल्य घट्यो

Newslaya Home

​सुनको मूल्य घट्यो

शुक्रबार ११, माघ २०७५

काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार (हिजो) प्रतितोला ६० हजार ९ सय रुपयाँमा कारोबार भएको सुन शुक्रबार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
 
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको जनाइएको छ ।