​विराटनगरले चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा ३ अर्ब भन्दा बढी कर संकलन गर्यो

Newslaya Home

​विराटनगरले चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा ३ अर्ब भन्दा बढी कर संकलन गर्यो

सोमबार ०७, माघ २०७५

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ सङ्कलन गरेर अर्ध  वार्षिक लक्ष्य पूरा गरेको छ ।
कार्यालयले ३ अर्ब ४ करोड ६४ लाखको लक्ष्यमा उक्त रकम सङ्कलन गरेर १ सय ४ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको हो । 

गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले संकलन गरेको थियो । गत वर्षको अर्धवार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सकंलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आयकर तर्फ ९२ करोड ८३ लाख, ब्याज कर ३ करोड ९५ लाख, मूल्य अभिबृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट १ अर्ब ५२ करोड संकलन गरेको छ ।