​फागुन २ देखि विराटनगरमा विराट फुड फेस्टा हुने

Newslaya Home

​फागुन २ देखि विराटनगरमा विराट फुड फेस्टा हुने

आइतबार ०६, माघ २०७५

विराटनगर । विराटनगरमा आगामी फागुनमा विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । 

भाजु युवराज फाउण्डेसन र एन वाई इ एफको संयुक्त आयोजनामा हुन लागेको सो फुड फेस्टा फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको होटल नमस्कारमा चल्ने छ । फुड फेस्टामा फुड फेस्टामा  नेवारी, मारवाडी, मगर , थारु राजवंशी, मुस्लिम लगायत विभिन्न समुदायका स्वादिष्ट खानाका साथै चाईनिज, इण्डियन, कन्टिनेन्टल लगायतका खानाका स्टलहरु राखिने आयोजकले जनाएको छ । 

फुड फेस्टामा विभिन्न स्थानीय तथा राष्ट्रिय गायक गायिकाहरुले सांगितिक प्रस्तुती दिने तथा मेलास्थलमा बालबालिकाका लागि किड्स जोन पनि हुने भाजु युवराज फाउण्डेसनका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिएका छन् । मेला ब्यापारिक हिसाबले मात्र नभई विभिन्न जातजातिका परिकारहरुको प्रवद्र्धन गर्ने उद्देश्यले .गर्न लागिएको आयोजकको जनाएको छ । 

फुड फेस्टामा ७० देखि ८० वटासम्म परिकारका स्टलहरु रहनेछन् भने करिब १५ हजार मानिसहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । फुड फेस्टामा प्रवेशका लागि टिकट स्वरुप रु.५० लाग्ने छ । ३ दिनसम्म चल्ने  फेस्टाको  व्यवस्थापकीय जिम्मा मञ्जिना मुभिज क्रियसनले लिएको छ । करिब ४ वर्ष अगाडि विराटनगरमा पहिलो फुड फेस्टको आयोजना भएको थियो ।