​काठमाडौंबाट इलाम जाँदैै गरेको बसलाई ट्रकले ठक्कर दिँदा इटहरीकी राईसहित तीन जनाको मृत्यु

Newslaya Home

​काठमाडौंबाट इलाम जाँदैै गरेको बसलाई ट्रकले ठक्कर दिँदा इटहरीकी राईसहित तीन जनाको मृत्यु

शनिबार ०५, माघ २०७५

काठमाडौं । सर्लाहीको एक जंगलमा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

ईश्वरपुर नगरपालिका–१२ स्थित फूलजौर जंगलमा बसलाई ट्रकले ठक्कर दिँदा सुनसरीको इटहरी उपमहानगरपालिका– १६ बस्ने ३० वर्षीया विनिता राई, इलामको सुल्बुङ नगरपालिका–७ बस्ने २७ वर्षीय गोविन्द साउदेन र पर्साको वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । 

काठमाडौंबाट इलाम जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई शनिबार बिहान करिब २ बजे ना. ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परि बसका यात्रु नुवाकोट विदुर नपा–१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा–१ का २२ वर्षीय दिपक अधिकारी घाइते भएका छन् । 

घाइते मध्ये तामाङको बी एण्ड बी अस्पताल ललितपुर, खतिवडाको विर्तामोड अस्पताल र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।