​नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्ने

Newslaya Home

​नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्ने

बिहीबार ०३, माघ २०७५

काठमाडौं । नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्ने भएको छ । भाडामा लिने भनिएको रेल लिएर सञ्चाल गर्दा भन्दा आफै रेल किनेर सञ्चालन गर्दा फाइदा हुने भएपछि नेपालले आफ्नै रेल खरिद गर्ने भएको हो । 

त्यसको लगि सरकारले रेल किन्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिएको छ।

मन्त्रिपरिषदले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई भारत सरकारसँगनै रेल खरीद गर्न दिने निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री गोकुल भण्डारीले जानकारी दिएका छन् । 

आफ्नै रेल किन्ने निर्णय भएपछि रेल विभागले भारतसँग रेल किन्नका लागि प्रक्रिया अघि बढाईसकेको छ। डिजेल मल्टि इलेक्ट्रोफायरिङ (डिमो)रेल खरिद गरेर संचालन गर्न लागिएको छ।