बुद्ध एयरले काठमाडौं–कोलकाता उडान थाल्ने

Newslaya Home

बुद्ध एयरले काठमाडौं–कोलकाता उडान थाल्ने

बुधबार ०२, माघ २०७५

काठमाडौं । बुद्ध एयरले काठमाडौं–कोलकाता उडान थाल्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै बुद्ध एयरले उडान बारे जानकारी गराएको हो ।

एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बुद्धएयरले आगामी वैशाख २ गते देखि सातामा तीन उडान काठमाडौं–कोलकाता भर्ने तयारी गरेको बताए ।

उनले परिक्षणका रुपमा सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन वटा उडान हुने र ती उडान हाल उडान गरिरहेको एटिआर ७२ बाट नै हुने बताए ।

बिहानको समयमा उडान भर्नका लागि सयम उपलब्ध हुनेमा आशावादी रहेको बस्नेतको भनाई छ ।

वर्तमान अवस्थामा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान वैदेशिक रोजगारीमा जाने युवा लक्षित रहेको भएपनि आफुहरुले पर्यटक लक्षित उडान थाल्ने बस्नेतको भनाई छ ।