दोषी ठहरिए देउवालाई कारबाही हुनुपर्छ : डा. महत

Newslaya Home

दोषी ठहरिए देउवालाई कारबाही हुनुपर्छ : डा. महत

मङ्गलबार ०१, माघ २०७५

काठमाडौं । वाइडबडी जहाज खरिदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोषी ठहरीए पनि कारबाही हुनुपर्ने नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका महतले त्यो अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले कांग्रेस सभापतिमाथि आरोप लागेको र छानबिनपछि वास्तविकताबाहिर आउने बताए । 

महतले देशमा अराजकता र भष्टाचार मौलाउँदै गएको बताउँदै सरकारले विकास र सुशासन दिन नसकेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली सानातिना कुरामा अल्झिएको बताउँदै महतले प्रधानमन्त्री कार्यालयलाई विभिन्न विभागहरुको अखडा बनाउँदै गरेको आरोप लगाए । 

कतिपय स्थानीय सरकारहरुले मनोमानी कर उठाइरहेको, बजेट खर्च मनोमानी रुपमा गरिरहेको, भ्रष्टाचार बढिरहेको भए पनि संघीय सरकारले नियन्त्रण गर्न नसकेको नेता महतले बताए ।