​वैदेशिक रोजगारबाट फर्केका २० हजारले मागे ऋण

Newslaya Home

​वैदेशिक रोजगारबाट फर्केका २० हजारले मागे ऋण

मङ्गलबार ०१, माघ २०७५

काठमाडौं । दुई महिनाको अवधिमा २० हजारभन्दा बढी युवाले नेपाल सरकारसँग ऋण माग गरेका छन् । विदेशबाट फर्किएका युवाहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउने गरी सरकारले आवेदन आह्वान गरेकोमा २० अर्ब रुपैयाँ कर्जा माग भएको अनुमान गरिएको छ । 

वैदेशिक रोजगारबाट फर्केका साढे २० हजार युवाले १० लाख ऋणका लागि फारम भरेका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार १८ हजार ७ सय ३१ जनाले आवेदन प्रत्यक्ष र झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका हुन् । उनीहरूले व्यवसायिक योजनासहित विदेशबाट फर्किएका युवाले ऋण मागेका हुन् ।