Newslaya Home

​अमेरिकी राष्ट्रपति पदमा पहिलो पटक हिन्दु सांसदको उम्मेदवारी

आइतबार २९, पुष २०७५

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन् ।

को हुन् तुलसी ?

तुलसी २०१३ मा अमेरिकाको हवाइ राज्यको हाउस अफ रिप्रेजेन्टेटिब्समा डेमोक्रेट सांसद थिइन् । ३७ वर्षीया तुलसी त्यसपछि हवाइ राज्यमा लगातार चार पटकसम्म डेमोक्रेटको सांसद बनिन् । 

उनले हरेक पटकको निर्वाचनमा सर्वाधिक मत ल्याएर रेकर्ड राख्दै आएकी छन् । उनी अमेरकी संसद स्थान बनाउने पहिली हिन्दु सांसद पनि हुन् । राजनीतिमा आउनुभन्दा अगाडि उनी अमेरिकी सेनाका तर्फबाट १२ महिनासम्म इराकमा काम गरिन् । 

तुलसी अमेरिकन हिन्दु हुन् र उनीले अमेरिकाकै इतिहासमा पहिलोपटक श्रीमदभागवत गीता छोएर सांसद पदको सपथग्रहण गरेकी थिइन् । उनको जन्म क्याथोलिक परिवारमा भएको थियो र पछि धर्म परिवर्तन गरेर हिन्दु धर्म मान्दै आएकी छन् । उनी अमेरिकी हिन्दु समुदायमा निकै लोकप्रिय छिन् ।