​गाउँपालिका अध्यक्षविरुद्ध कान्छी श्रीमतीले हालिन् कुटपिटको मुद्धा, झुक्याएर गरेका थिए विवाह

Newslaya Home

​गाउँपालिका अध्यक्षविरुद्ध कान्छी श्रीमतीले हालिन् कुटपिटको मुद्धा, झुक्याएर गरेका थिए विवाह

आइतबार २९, पुष २०७५

दैलेख । दैलेखको नौमूमे गाउँपालिकाका अध्यक्षविरुद्ध उनकै श्रीमतीले मुद्धा हालेकी छिन् । आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै ४२ वर्षीया पत्नी दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गराएकी हुन् । दिलमाया उनकी कान्छी श्रीमती हुन् । 

नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरविरुद्ध मुद्धा हालिएको हो । उनले पुस ११ गते कुटपिट गरेको भन्दै उजुरी दिइएको छ । 

उजुरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाईफकाई, परपञ्च गरी कान्छी श्रीमती बनाएको समेत उल्लेख छ ।

उजुरीमा विवाहपछि जेठी पत्नी धनकली बुढा र दुई छोरालाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ ।