Newslaya Home

​बाँदरले विरुवा उखेलिदिँदा वन विस्तारमा समस्या

शनिबार २८, पुष २०७५

केराबारी । मोरङ्गको केराबारी ७ स्थित दिपज्योती सामुदायिक बनलाई सोचेजस्तो विस्तार गर्न नसकिएको उपभोक्ता समुहले जनाएको छ । 

१६ औँ साधारण सभाका क्रममा अध्यक्ष डेसबहादुर कार्कीले समस्याहरुका कारण वन विस्तारमा समस्या देखिएको बताए । उनले नयाँ बिरुवा हुर्काउँदा बाँदरले उखेलेर बिनास गरेको झाडि बढेर बिरुवा भनेजस्तो नहुर्किएको बताए । 
अध्यक्ष कार्कीले अध्यक्षको प्रतिबेदन सार्वजनिक गर्दै बन बिस्तारका लागि समस्या रहेको गुनासो गरेका थिए । 

कार्यक्रममा कोषाध्यक्ष रेखा बिश्वकर्माले साढे ३२ लाख रुपैया बराबरको आयब्यय सार्वजनिक गरीन् । २० लाख १० हजार रुपैया आम्दानी र १२ लाख ४३ हजार रुपैया खर्च भएको जनाइएको छ ।