Newslaya Home

​माघे संक्रान्तीको अवसरमा विराटनगरमा चङ्गा प्रतियोगिता

शनिबार २८, पुष २०७५

विराटनगर । मारवाडी युवा मञ्चले विराटनगरमा चङ्गा प्रतियोगिता गरेको छ । 
विराटनगर २ शंकरपुरस्थित खुल्ला चौरमा आयोजना गरिएको प्रतियोगितामा ३ दर्जन चङ्गा उडाउने समूह सहभागि थिए ।
प्रतिस्पर्धामा विराटनगरका महेन्द्र सिंघी र कमल सिंघानियाको समूह प्रथम र दिनेश चौरडिया तथा कमल डाँगाको समूह दोश्रो भएको छ । 
विजयीलाई संघीय संसदका सांसद मोती दुगडले पुरस्कार वितरण गरे ।
बिजयी समूहलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक मधुर दुगडले बताए । मारवाडी समूदायले माघे संक्रान्तिको अवसरमा चङगा उडाएर मनोरंजन गर्ने पारम्परिक प्रचलन अनुसार विराटनगरमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष शेरसिंह दुगडले बताए । 
आगामी दिनहरुमा प्रतियोगितालाई थप ब्यवस्थित गर्दै लगिने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनास्थलमा मारवाडी संस्कृति अनुसारको खानपानको स्टल समेत राखिएको थियो ।