​पेरिसको एब बेकरीमा ग्यास विस्फोट भई आगलागी

Newslaya Home

​पेरिसको एब बेकरीमा ग्यास विस्फोट भई आगलागी

शनिबार २८, पुष २०७५

पेरिस । फ्रान्सको पेरिसमा एक बेकरी पसलमा ग्यास विस्फोट भई आगलागी भएको छ।

पेरिसको मध्यभागमा रहेको रुइ दी ट्रिभिसेमा रहेको सिटी सेन्टरको बेकरीमा आगलागीका कारण धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। यद्यपि घाइतेहरुको संख्या सार्वजनिक भएको छैन।

अग्नी नियन्त्रकहरुले आगलागी नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ। प्रहरीले ग्यास लिक हुँदा विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ।

प्रहरीले मानिसहरुलाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ।