​इलाममा श्रीमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु

Newslaya Home

​इलाममा श्रीमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु

शनिबार २८, पुष २०७५

इलाम । इलामको सन्दकपुर गाउपालिका–५ बतासेमा श्रिमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । 

शुक्रबार राती ३५ वर्षीय सोम बहादुर गुरुङ र श्रीमति ३५ वर्षीय निरमाया गुरुङ बिच बिवाद भएको थियो । बिबादको क्रममा श्रीमानले रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

स्थानीयले घटनाबारेमा प्रहरीलाई जानकारी गराउनासाथ सोम बहादुर गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।