Newslaya Home

धरान र इटहरीका एक सय सडक बालबालिकालाई कम्बल वितरण

शनिबार २८, पुष २०७५

धरान । सुनसरीका एक सय सडक बालबालिकालाई कम्बल वितरण गरिएको छ। जाडोमा कष्टकर जीवन बिताउँन बाध्य धरान र इटहरीका सडक बालबालिकालाई निजि विद्यालय संगठन (एनप्याप्सन) सुनसरीले  शनिबार कम्बल वितरण गरेको हो।  

कम्बल पाउनेमा धरानका ४० र इटहरीका ६० बालबालिका रहेका थिए। 

एनप्याप्सन सुनसरीको २१ औं स्थापना दिवसको अवसरमा संस्थाका सहसचिव शागर खड्का एनप्याप्सन सुनसरीका अध्यक्ष गणेश राई र गायक आनन्द कार्कीले सडक बालबालिकालाई ब्ल्याङ्केट वितरण गरेका थिए।