Newslaya Home

तरुण दलले गर्‍यो सरकारविरुद्ध आन्दोलनको घोषणा

शनिबार २८, पुष २०७५

काठमाडौं । कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध आगामी माघ ८ देखि आन्दोलन घोषणा गरेको छ।

तरुण दलको शुक्रबार बसेको बैठकले सरकार जनविरोधी काम गर्न उद्यत भएको भन्दै चरणबद्ध आन्दोलनमा जान निर्णय गरेको हो ।

दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार माघ ८ मा विराटनगर, ९ मा जनकपुर, १० गते हेटौंडा, ११ गते पोखरा, १२ गते भैरहवा, १३ गते सुर्खेत र १४ गते धनगढीमा विरोध जुलुस र सभा आयोजना गरिनेछ।