Newslaya Home

​धरानको कर पुनरावोलकनमा सहमति

शनिबार २८, पुष २०७५

धरान ।  धरान उपमहानगरपालिकाको कर पुनरावोलकनमा सहमति बनेको छ । वृद्धि विवादमा

कर वृद्धिको चर्को विरोध पछि समस्या समाधान गर्न गठन गरिएको संयुक्त सुझाव कार्यदलले गत मंसिर १६ गते राजश्व परामर्श समितिमा सिफारिश गरेको थियो । सो सहमतिको सिफारिशलाई राजश्वज परामर्श समितिले नगरसभाबाट अनुमोदन गराउने गरी निर्णय गरेको थियो ।

शनिबार पत्रकार सम्मेलन गरेर सहमतिबारे उपमहानगर र कार्यदलले जानकारी दिएको छ । कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सहमति पछि कर लागु भएको बताइन् ।