​चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

शनिबार २८, पुष २०७५

काठमाडौं– चलचित्र  ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्रको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुस्पा भट्ट लगायतलाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरका अधिकांश दृष्यहरु एक्सनपुर्ण छन्।

सन् २०१२ कि मिस इन्टरनेसनल नेपाल खड्का र अर्की अभिनेत्री भट्ट दुबै जनाले यसै चलचित्रमार्फत डेब्यू गर्दैछन्। 

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रलाई महेश पौडेलले खिचेका हुन्। चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडीलगायतका कलाकारहरुको अभिनय रहेको छ।