Newslaya Home

​लागुऔषध ओसारपसार गर्ने नयाँ तरिका, हेल्मेटभित्र लुकाएर कारोबार

शनिबार २८, पुष २०७५

विराटनगर । लागुऔषध कारोबार गर्नका लागि हेल्मेटको प्रयोग गर्ने गरिएको खुलेको छ । 
हेल्मेटभित्र लुकाएर लागुऔषध आसारपसार गर्ने गरिएको पत्ता लागेको हो । यस्तो कारोबारी एक व्यक्तिलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १२ बाट धरानका ४५ वर्षीय दीप बस्नेत पक्राउ परेका छन् । उनको साथबाट ३ सय ८४ ट्याब्लेट स्पास्मो प्रोक्सिवन र २ बोतल डाइलक्स डिसी बरामद भएको छ ।

को ३ प ८७४१ नम्बरको मोटरसाइकलमा रहेका बस्नेतले हेल्मेटभित्र लागुऔषध लुकाएका थिए । 

यसअघि शुक्रबार मात्रै प्रहरीले भारतको अररियास्थित बेलाग्राम पञ्चायत–९ का २० वर्षीय सहादत मन्सुरी र १८ वर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाइलक्स डिसी र २ सय ८८ ट्याब्लेट स्पास्मो प्रोक्सिवनसहित धरान उपमहानगरपालिका–४ सर्दु खोलाबाट पक्राउ गरेको थियो ।