Newslaya Home

ताप्लेजुङको जङ्गलबाट गोलीसहित रिभल्वर फेला

शनिबार २८, पुष २०७५

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले तीन राउण्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो । 

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

उक्त हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको उनले बताए ।