Newslaya Home

इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि घट्यो

शनिबार २८, पुष २०७५

काठमाडौं । नेपाल आयल निगमले बिहीबारदेखि हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर पनि घटेको छ । 

वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ ९आयोन० का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ।

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।

यस्तै माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ भाडा घटेको छ। माउन्टेन फ्लाइटमा पहिला ३५८५ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको छ भने आइतबारदेखि भने ३२४० रुपैयाँ लिइने छ। आइतबारदेखि यात्रुले उक्त प्लाइटमा ११३०० रुपैयाँ भाडा तिरे पुग्छ।