​बाबा राम रहीम पत्रकार हत्या प्रकरणमा दोषी ठहर

Newslaya Home

​बाबा राम रहीम पत्रकार हत्या प्रकरणमा दोषी ठहर

शनिबार २८, पुष २०७५

काठमाडौं । भारतमा पत्रकार हत्या गरेको आरोप लागेका एक बाबा गुरमीत राम रहीम दोषी ठहर भएका छन् । केन्द्रीय जाँच ब्यूरो (सीबीआई)को विषेश अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार १७ जनवरीमा रामरहिमसहित ४ जनालाई १६ वर्ष पुरानो हत्याकाण्डमा सजाय सुनाइने छ । 

२ जनवरीमा सीबीआईले १६ वर्ष पुरानो यस मामिलाका आरोपी गुरमीत राम रहीम, निर्मल, कुलदीप र किशन लाललाई कोर्टमा पेश हुन आदेश दिएको थियो । फैसला जज जगदीप सिंहले सुनाएका थिए । 

फैसलापछि पत्रकार छत्रपतिका छोरा अंशुलले लामो संघर्षपछि न्याय मिलेको प्रतिक्रिया दिए । उनले राम रहीमलाई मृत्यु दण्डको सजाय हुनुपर्ने बताए । 

अदालतले साध्वी यौन शोषण मामिलामा पनि राम रहीमलाई सजाय सुनाएको थियो ।

साध्वी यौन शोषण मामिलामा जुन पत्र लेखिएको थियो, त्यसैका आधारमा पत्रकार रामचन्द्र छत्रपतिले आफ्नो पत्रिकामा समाचार प्रकाशित गरेका थिए । त्यसपछि छत्रपतिमाथि दबाब दिइयो । दबाब र धम्कीबाट छत्रपति नडराएपछि २४ अक्टूबर २००२ मा उनीमाथि आक्रमण भएको थियो ।  २१ नोभेम्बर २००२ मा दिल्लीको अपोलो अस्पतालमा उनको मृत्यु भयो । 

बाइकमा आएका  कुलदीपले  रामचन्द्रमाथि गोली प्रहार गरेका थिए ।