अब जग्गा टुक्राएर बेच्न पाइने

Newslaya Home

अब जग्गा टुक्राएर बेच्न पाइने

शनिबार २८, पुष २०७५

काठमाडौं। कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाएको केहि महिनामै फुकुवा हुने भएको छ। ७४ साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले कृषियोग्य जग्गाको खण्डिकरण गर्न नपाइने निर्णय गरेका थिए।

कित्ताकाट रोक लगाएको १७ महिनापछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्माृकुमारी अर्यालले कित्ताकाट फुकुवा सम्बन्धि निर्णय गर्न लागेको मन्त्रालय स्रोतले जानकारी दियो।

कित्ताकाट रोक्ने निर्णयपछि सर्वसाधारण जनताले जग्गा बेच्न दलालनै खोज्नुपर्ने अवस्था सिर्जना भएको थियो। दलालले भने स्थानीय प्रतिनिधि, मालपोत र नापी कार्यालयका कर्मचारीदेखि अदालतसम्म सेटिङ मिलएर जग्गा खण्डीकरण गरि बेच्दै आएका थिए।

अंशबण्डा र अदालतको निर्णयमा कित्ताकाट रोक्नु नपर्ने भन्ने सर्वोच्च अदालतको आदेशलाई दुरुपयोग गर्दै ठूलो परिवार भएका व्यक्तिको नाममा जग्गा किनाई अंशबण्डा गरेर बेच्ने धन्दा व्यापक भएको थियो।

तत्कालिन समयमा मन्त्री दहितले जग्गाको खण्डिकरण रोक्ने निर्णय गरेपनि एक दर्जन कम्पनीलाई कित्ताकाट गरि जग्गा बेच्न अनुमति दिएका थिए।

तर पूर्व भूमिसुधार मन्त्री चक्रपाणी खनालले कित्ताकाट फुकुवाको निर्णय गर्ने अन्तिम तयारी गरिरहेका बेला कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्रयाएर मन्त्री खनाललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।