विराटनगरमा मोबाइल विष्फोटमा परि मृत्यु भएका बालकका परिवारलाई १ लाख राहत दिने

Newslaya Home

विराटनगरमा मोबाइल विष्फोटमा परि मृत्यु भएका बालकका परिवारलाई १ लाख राहत दिने

शुक्रबार २७, पुष २०७५

विराटनगर । विराटनगरमा मोबाइल पड्केर पड्केर मृत्यु भएका मण्डल परिवारलाई सरकारले १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।  

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पतालमा पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गरेका थिए । कार्कीले मृतक परिवारलाई १ लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने समेत बताएका छन् । 

विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको शुक्रबार दिउँसो १ बजे मोवाइलको ब्याट्री पड्कँदा मृत्यु भएको थियो । सोही स्थानका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

राधिकाको दुवै आँखाको पहिलो पत्र जलेको अस्पतालले जनाएको छ । प्रहरीले अनुसन्धान जारी रहेकाले मोबाइको ब्याट्री नै विष्फोट भएको हो भन्न नसकिने बताएको छ ।
 

विराटनगरमा यसकारण पड्कियो मोबाइल (तस्वीरहरुसहित)

विराटनगरमा मोबाइल पड्किँदा ७ वर्षीय बालकको मृत्यु