​झापालाई अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने

Newslaya Home

​झापालाई अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने

शुक्रबार २७, पुष २०७५

झापा । माघ १ गतेदेखि झापालाई अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । 

आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो । 

यसका साथै अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको सय मिटर भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाइने बताइएको छ ।