Newslaya Home

​मनमोहन कप: प्रदेश एकको लज्जास्पद हार, एपीएफका यज्ञमान एक्लैले लिए सात विकेट

शुक्रबार २७, पुष २०७५

इनरुवा । एपीएफका मनमोहन स्मृती एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा प्रदेश नम्बर १ ले  लज्जास्पद हार बेहोरेको छ । 

इनरुवा खेल मैदानमा भएको खेलमा प्रदेश नम्बर १ एपीएफसँग ९८ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । 

एपीएफका लागि आसिफ सेख र कमल सिङ ऐरीको समान ३३ रन मद्दतमा १ सय ५४ रन बनाएको थियो । टिमकालागि पुरन वि.क.ले २८ र प्रजवल साहीले १४ रन जोडेका थिए ।

त्यस्तै एपीएफका यज्ञमान कुमालले आज जादुमयी प्रदर्शन गरेका छन् । उनी एक्लैले प्रदेश नम्बर एक को ७ विकेट लिएका थिए । 

उत जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर एकले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनमात्र जोडन सफल भयो । 

प्रदेश नम्बर एकका लागि फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन, दिपेश कंडेलले १८ रन र मुकुन्द यादवले १५ रन बनाएका थिए । अन्य ब्याट्समेनहरु भने शुन्य रनमै आउट भएका थिए । 

आजको प्रतियोगिताको म्यान अफ द म्याच एपीएफका यज्ञमान कुमाल घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ४ र एपीएफ बिच हुने छ ।