एकीकरण भएको १६ महिनामै फुट्यो विवेकशील साझा पार्टी, रन्जु उज्वलतर्फ

Newslaya Home

एकीकरण भएको १६ महिनामै फुट्यो विवेकशील साझा पार्टी, रन्जु उज्वलतर्फ

शुक्रबार २७, पुष २०७५

काठमाडौं । केहि समययतादेखि खटपटमा देखिएको विवेकशील साझा पार्टी अन्ततः फुटेको छ। 

१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। जसमा थापा र मिश्र पार्टीका संयोजक रहेका थिए । 

तर रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापाको समूह असन्तुष्ट रहेको थियो ।

जसकारण विवेकशील साझा पार्टीका दुई सह–संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदन दिनेहरुमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।