​केराबारीमा शुक्रबारबाट मच्छिन्द्रनाथ मेला सुरु

Newslaya Home

​केराबारीमा शुक्रबारबाट मच्छिन्द्रनाथ मेला सुरु

–शिशिर ढकाल
शुक्रबार २७, पुष २०७५

इटहरी । केराबारीमा शुक्रबारबाट मच्छिन्द्रनाथ मेला सुरु भएको छ । मच्छिन्द्रनाथ खेल मैदानमा आयोजना भएको मेलाको उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कायक्रममा झाँकी समेत प्रस्तुत गरिएको थियो । 

केराबारीको स्थानीय पर्यटन स्थललाई प्रवद्र्धन तथा परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मच्छिन्द्रनाथ मेला मुल आयोजक समितिले जनाएको छ ।

पौष २७ बाट सुरु भएको उक्त मेला माघ ३ गते सम्म चल्ने उक्त मेला बिहान १० बजे देखि बेलुका १० सम्म सञ्चालन हुने छ । मेलाको मुख्य आकर्षणका रुपमा दिपक लिम्बु, कमल खत्री, ज्योती मगर, माण्डवी त्रिपाठी, निशान भट्टराई लगायतका कलाकारहरु रहेका छन् । 

यसका साथै मेलामा अन्य आकर्षणका रुपमा भलिबल, फुटबल लगायतका खेलका साथै मनोरञ्जनका लगायतका समाग्रीहरु रहेका छन् । 

मेलाको आयोजनामा हाल सम्माका लागि करिब ८ लाख खर्च भइसकेको आयोजकले जनाएको छ ।