​विराटनगरमा यसकारण पड्कियो मोबाइल (तस्वीरहरुसहित)

Newslaya Home

​विराटनगरमा यसकारण पड्कियो मोबाइल (तस्वीरहरुसहित)

शुक्रबार २७, पुष २०७५

विराटनगर । मोबाइलमा आगो परेका कारण विराटनगर स्थित रामजानकी टोलमा एकजनाको ज्यान जाने गरी मोबाइल पड्किएको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठकाअनुसार बिस्फोटको कारण यकिन नभएपनि मोबाईलको ब्याट्री आगोमा परी विस्फोट भएको अनुमान गरिएको छ । 

मोबाइल पड्किँदा ७ वर्षिय एक बालकको मृत्यू भएको छ भने एक बालिका घाइते भएकी छिन् । पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे मोबाइल पड्किएपछि गम्भिर घाईते बनेका स्थानीय सुवास मण्डलको छोरा ७ वर्षिय अमित मण्डलको विराटनर स्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । 

विष्फोटमा परि स्थानीय र राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएकी छन् । आँखामा चोट लागेकी घाईते बालिकाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।