​‘डिएसपी हुँ’ भन्दै आपराधिक गतिविधि गर्ने नक्कली डिएसपी पक्राउ

Newslaya Home

​‘डिएसपी हुँ’ भन्दै आपराधिक गतिविधि गर्ने नक्कली डिएसपी पक्राउ

शुक्रबार २७, पुष २०७५

काठमाडौं । प्रहरीले आफू ‘नेपाल प्रहरीको डिएसपी हुँ’ भन्दै आपराधिक गतिविधि गर्ने नक्कली डिएसपीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको बालकोटका ३५ वर्षीय अनिल थापा रहेका छन् । उनलाई प्रहरीले गए राति तिरुपति होटलबाट पक्राउ गरेको हो ।

विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलको २०३ नम्बर को कोठामा बस्दै आएका उनले आफू डिएसपी हुँ भन्दै नक्कली परिचय देखाउँदै आएका थिए ।

उनले डिएसपीको परिचयपत्र देखाउँदै ठमेल, दरबारमार्गका होटल तथा रेष्टुरेन्टबाट अवैध रकम असुल्नेदेखि आपराधिक क्रियाकलापसम्म गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।