Newslaya Home

​यतिबेला चर्चामा रहेकी बाल गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार २७, पुष २०७५

काठमाडौं । यतिबेला निकै चर्चामा रहेकी बाल गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो....’ सार्वजनिक भएको छ ।

यसभन्दा अघि उनले चलचित्र नाई नभन्नु ल ५ को ‘बालापनको उमेर’ बोलको गीत गाएकी थिइन् ।  उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।

उमेर सानै भए पनि मिठो स्वर भएकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौं ल्याएर दोस्रो गीत रेकर्ड गराएका हुन् । सार्वजनिक गीतमा समिक्षाको स्वर र बसन्त सापकोटाको संगीत रहेको छ । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

सार्वजनिक गीतको भिडियोमा समिक्षा र बसन्त सापकोटाको अभिनय देख्न सकिन्छ ।