​विन्टर प्रोमोसन योजना अन्तर्गत् युएईमा नौँ जना नेपालीले पाए सुन

Newslaya Home

​विन्टर प्रोमोसन योजना अन्तर्गत् युएईमा नौँ जना नेपालीले पाए सुन

शुक्रबार २७, पुष २०७५

युएई । अल अहलिया एक्सचेन्ज युएईको विन्टर प्रोमोसन योजनामा नौँ जना नेपालीलाई सुन उपहार दिइएको छ । 

साप्ताहिक प्रोमोसनमा उनीहरुले १०÷१० ग्राम सुनको सिक्का पाएका हुन् । यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एक जनालाई १ केजी सुन उपहार राखिएको थियो ।

१ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए ।

सुन उपहार पाउने नेपालीहरुमा बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग रहेका छन् ।

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो ।

योजनामा सहभागी भइ युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएकाहरुले सुन जितेका हुन् ।

उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको हो ।

एक्सचेन्जले वर्षमा दुईपटक ग्राहक लक्षित योजना ल्याउने गरेको ढकालले बताए ।