Newslaya Home

​विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड सार्वजनिक

शुक्रबार २७, पुष २०७५

काठमाडौं । हामीमध्ये धेरैले लेक्सार नामक ब्राण्डका बारेमा सुनेका छेनौँ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुत्व जमाएका छन् ।

तर अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी लेक्सारले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुलाई जितेको छ ।

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइटको रहेको छ ।

लेक्सारको हजार जिबीको मेमोरी कार्डको मूल्य ४ सय ९९ डलर ९९ सेन्ट तोकिएको छ । अमेरिकी बजारमा यो मेमोरी कार्ड उपलब्ध भइकसेको छ ।

ठूलो परिमाणमा हाइ रिजोलुसन तस्वीर तथा फोर के भिडियो खिच्ने हरुका लागि यो मेमोरी कार्ड निकै उपयोगी हुने विश्वास गरिएको छ ।