Newslaya Home

​मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै झापा

शुक्रबार २७, पुष २०७५

भद्रपुर । झापालाई माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । 

मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले जनाएको छ ।

माघ १ गतेदेखि १५ गतेसम्म स्थानीय तहका विभिन्न वडामा सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गरी अभियानलाई सफल बनाउन लागि पर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक महत्वका स्थानको निश्चित दूरी सय मिटर भित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउने जनाइएको छ ।