Newslaya Home

विपिन कार्की अभिनित ‘गोपी’को प्रदर्शन मिति तय

शुक्रबार २७, पुष २०७५

काठमाडौं । गाई पालन र खेतीमा लागेका युवाको कथालाई समेटिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति तय भएको छ । प्रदर्शन मिति तयसँगै यस चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

चलचित्रमा तीन पत्रकारहरू सामिप्यराज तिमिल्सिना, श्रीधर पौडेल र दीपेन्द्र लामा क्रमशः लेखक, कार्यकारी निर्माता र निर्देशक छन् ।

उक्त सिनेमा छायांकन सकिएर पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको कार्यकारी निर्माता पौडेलले जानकारी दिए । अहिले कलर करेक्सन र साउन्ड मिक्सिङको काम भइरहेको पौडेलले बताए ।

चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा र अंकित खड्काको मुख्य भूमिका रहेको छ । 

खासगरी, गाई पाल्ने युवाको संघर्ष सिनेमाको मुख्य विषय हो । गाईसँगको मानवीय संवेदना, दैनिकी, गाईपालन व्यवसाय, त्यससँग सम्बन्धित अनेक पात्रका उतारचढाव र मानवीय भावलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक लामाले बताए ।