Newslaya Home

​ताप्लेजुङमा नेपाल टेलिकमको ६ वटा टावर थपिदै

शुक्रबार २७, पुष २०७५

ताप्लेजुङ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप्ने भएको छ ।

भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षभित्रै टावर थप गर्न लागिएको टेलिकमले जनाएको छ । जिल्लाका विभिन्न ६ स्थानमा जिएसएम टावर निर्माण गरिने बताइएको छ ।

टेलिकमले तिरिङ्गे, लिङ्खिम, मेहेले, फूलवारी, साँवा र ढुङ्गेसाँघुमा टावर निर्माण गर्ने तयारी गरेको हो । 

ताप्लेजुङमा हाल १३ वटा टावर सञ्चालनमा छन् ।