​सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

Newslaya Home

​सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

शुक्रबार २७, पुष २०७५

 काठमाण्डौ । सुडानमा मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलनमा २२ जनाको मृत्यु भएको छ । 

सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि आन्दोलन चर्किएको हो । खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको बताइएको छ ।

मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका सयौैं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेको जनाइएको छ ।