​अस्ट्रेलियामा गाडी दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

Newslaya Home

​अस्ट्रेलियामा गाडी दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

शुक्रबार २७, पुष २०७५

काठमाडौं । अस्ट्रेलियाको ओलंघन क्षेत्रमा बिहिबार राति एक नेपाली विद्यार्थीको गाडी दुर्घटनामा मृत्यु भएको छ। चितवन घर भएका सुजन दाहालको गाडी रोकिराखेको ट्रकमा ठोक्किँदा मृत्यु भएको हो।

गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवारसहित बसोबास गर्दै आएका उनी ओलंघनबाट आउजाउ गर्ने गरेको स्थानीय नेपालीले जानकारी दिए।