​आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइदै

Newslaya Home

​आज पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइदै

शुक्रबार २७, पुष २०७५

इटहरी । आज (शुक्रबार) पृथ्वीजयन्ती अर्थात आधुनिक नेपालका जन्मदाता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइदैछ । 

वि.सं.१७७९ साल पुस २७ गते गोरखामा भएको थियो । स–साना राज्यहरुमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।

पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् । 

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको हो ।