Newslaya Home

​मनमोहन कपः प्रदेश नम्बर ३ द्वारा प्रदेश नम्बर ६ पराजित

बिहीबार २६, पुष २०७५

इनरुवा । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत ग्रुप बी को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ ।

विहिबार इनरुवा खेल मैदानमा भएको खेलमा प्रदेश नम्बर ६ लाई प्रदेश नम्बर ३ ले ६ विकेटले पराजित गरेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर ६ ले प्रदेश नम्बर ३ लाई १ सय १२ रनको लक्षय दिएको थियो । 

तर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नम्बर ३ ले उक्त लक्ष्यलाई २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । 

आजको खेलको म्यान अफ द म्याच व्रदेश नम्बर ३ का सूर्य तामाङ घोषित भए । प्रतियोगिताअन्र्तगत भोलिको खेल एपीएफ र प्रदेश नम्वर १ बिच हुनेछ ।