​हवाई इन्धनको मूल्य दश रुपैयाँले घट्यो

Newslaya Home

​हवाई इन्धनको मूल्य दश रुपैयाँले घट्यो

बिहीबार २६, पुष २०७५

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य दश रुपैयाँले घटाएको छ ।

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँले घटाएको हो । 

निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार साविकको बिक्री मूल्य १०४ रुपैयाँ ५० पैसा प्रतिलिटरबाट १० रुपैयाँ घटाई ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ । 

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिएका छन् ।