Newslaya Home

भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सुष्मा स्वराजबीच भेटवार्ता

बिहीबार २६, पुष २०७५

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार भेटवार्ता भएको छ ।

रायसिना सम्मेलनमा भाग लिन भारत पुगेका मन्त्री ज्ञवाली र स्वराजबीच भएको भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ ।

मन्त्री ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार बिहान नयाँदिल्ली पुगेका थिए ।