Newslaya Home

​हिउँमा फसेका एक सय ५० पर्यटकको उद्धार

बिहीबार २६, पुष २०७५

काठमाडौं । सिक्किममा हिउँमा फसेका एक सय ५० पर्यटकलाई भारतीय सेनाले उद्धार गरेका छन् ।

भारी हिमपातपछि उत्तरी सिक्किमको प्रख्यात पर्यटकिय स्थल लाचुङ उपत्यका घुम्न गएका पर्यटकहरु हिउँमा फसेका थिए ।

अप्रत्याशित रुपमा २ घण्टासम्म परेको हिमपातले पर्यटकहरु बाहिर निस्कन सकेका थिएनन् । भारतीय सेनाको त्रिशक्ति समूहले घटनाबारे जानकारी पाए लगत्तै उद्धार गरेको हो ।

करिब ४ घण्टाको अन्तरालमा सेनाले जोखिममा रहेका पर्यटकको ज्यान जोगाएका हुन् । मेडिकल टिमसहित सेनाको टोली त्यस स्थानमा पुगेका थियो ।