कपाल खौरेर आमाको किरिया गर्दै प्रदेश १ की सांसद उषाकला

Newslaya Home

कपाल खौरेर आमाको किरिया गर्दै प्रदेश १ की सांसद उषाकला

बिहीबार २६, पुष २०७५

काठमाडौं । प्रदेश नम्बर १ की सांसद उषाकला राई कपाल खौरेर आमाको किरिया बसेकी छिन् । आमा लक्ष्मी राईकी एक मात्र सन्तान उषाकला आमाको किरिया बसेकी हुन् । लक्ष्मीको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो । 

सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले काजकिरिया गर्ने व्यक्तिलाई किरियापुत्री शब्द प्रयोग गर्ने गरिएको भएपनि छोरा बस्ने प्रचलन रहेको उल्लेख गर्दै उषाकला राईले किरियापुत्री शब्दको वास्तविक अर्थ दिएको उल्लेख गरेका छन् ।

संविधानसभाकी पूर्व सांसद समेत रहेकी राई त्यतिबेला संसदको महिला ककसकी संयोजक रहेको समयमा छोरीलाई छोरा सरह अधिकारका लागि संघर्ष गरेकी थिइन्  ।