​प्रहरीलाई ५० रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ

Newslaya Home

​प्रहरीलाई ५० रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ

बिहीबार २६, पुष २०७५

भक्तपुर । भक्तपुरमा प्रहरीलाई ५० रुपैयाँ घुस दिन खोज्ने एक जना टिपरका सहचालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं नेपालटार बस्ने नुवाकोट पन्चकन्या गाउँपालिका–४ घर भएका २५ वर्षीय सूर्यबहादुर तामाङ रहेका छन् । 

बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ८२१५ नम्बरको टिपर जाँच गर्ने क्रममा तामाङले जगाती प्रहरीको टोलीलाई ५० रुपैया घुस दिन खोजेका थिए । 

पछिल्लो समयमा कागजपत्र नभएका टिपर चालकहरु प्रहरीलाई घुस दिन खोज्दा लगातार पक्राउ पर्न थालेका छन् ।