Newslaya Home

यसकारण गर्भनिरोधक चक्कीको प्रयोग नगर्नुहोस्

बिहीबार २६, पुष २०७५

काठमाडौँ । असुरक्षित यौन सम्पर्कपछि महिलाहरुले गर्भनिरोधक चक्कीको प्रयोग बढाउँदै गएका छन् । 

यस्तो चक्की प्रयोग गर्ने महिलालाई स्वास्थ्यमा असर पर्न जान्छ । त्यस्ता महिलालाई टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता सामान्य लक्षण सुरुको अवस्थामा देखापर्छन् । 

तर, चक्की लामो समयसम्म प्रयोग गरेमा महिलाको महिनावारीमा समस्या हुने गर्छ, महिनावारी हुदाँ पेट सहन नसक्ने गरी दुख्ने, कम्मर दुख्ने, धेरै ब्लिडिङ हुने, वान्ता आउने, हातखुट्टा निकै कमजोर हुने, शरीरले काम नगरेको जस्तो महशुस हुने, शरीरको हाडजोर्नीहरु दुख्ने जस्ता अनेकौ समस्या देखापरी गम्भीर बिरामी हुने गर्छन् ।