Newslaya Home

राष्ट्रपति भण्डारी र जापानका विदेशमन्त्री बीच भेट

बिहीबार २६, पुष २०७५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानका विदेशमन्त्री तारो कोनोले बिहिबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहको  थियो ।