​दमकमा आगलागी हुदाँ एउटा घर जलेर नष्ट

Newslaya Home

​दमकमा आगलागी हुदाँ एउटा घर जलेर नष्ट

बिहीबार २६, पुष २०७५

झापा । दमक –२  स्थित हरिप्रसाद निरौलाको घरमा आगलागी हुदाँ घर तथा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान ६ बजे भएको आगलागीबाट घरसहित एउटा गाई, दुई बटा बाख्रा र घरभित्र रहेका महत्वपुर्ण सामान जलेर नष्ट भएको हो। 

दूध पुर्याउन घर बाहिर गएका समयमा आगोलागी भएको पीडित निरौलाले बताएका छन ।  घरमा श्रीमती र आफू मात्र बस्दै आएका थिए । श्रीमतीसमेत बुधबार माइती गएकी थिइन् । 

गाईबस्तुको खोले पकाउँदा अचानक आगोलागेको हुन सक्ने स्थानीयको अनुमान गरेका छन् । आगोलागी भएपछि दमकलाई बोलाउँदा एक घण्टा ढिलो गरेर आएकाले ठूलो क्षति भएको स्थानीयले बताएका छन् । 

क्षतिको विवरण आइनसकेको वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।